कालिकोट। कालिकोटको शुभकालिका–५ सुकाटियामा हेलिप्याड निर्माण गरिएको छ। नेपाली सेनाले चालु आर्थिक वर्षको शीघ्र प्रभाव आयोजना अर्न्तगत विनियोजित १० लाख बजेटबाट हेलिप्याड निर्माण गरेको हो।
सेनाले एक महिनाको अवधिमा हेलिप्याड निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको हो।
जटिल अवस्थाका सुत्केरी, विपद्का घाइतेलगायतको उद्धार गर्नका लागि सडकको सहज पहुँच नभएको उक्त स्थानमा हेलिप्याड निर्माण गरेको सेनाले जनाएको छ। सडकको अवस्था राम्रो नभएको शुभकालिकाबाट आकस्मिकरुपमा घाइते तथा विरामीको उद्धार गर्न हेलिप्याड उपयोगी हुने स्थानीयको भनाइ छ।