अविरल वर्षाका कारण मुग्लिन नारायणघाट सडक खण्डमा आएको पैरोले गर्दा सडक अबरुद्ध भएको छ।
५ किलो अवस्थित खसेको पैरोले गर्दा सवारीसाधन आवत जावत गर्न मुस्किल भए संगै सर्वसाधारणले सास्ती खेप्नु परेको छ। घन्टौको जाम संगै सर्वसाधारणले पुग्नु पर्ने गंत्यब्यमा पुग्न ढिलाई त छदैछ तेसका बावजुद पनि अझै पहिरो खसी कुर्नु पर्ने हो कि भन्ने डर सहित बस्नु परेको अवस्था देखिन्छ ।
बाटो खुलाउने कार्य जारी भएता पनि अविरल वर्षाका कारण अझै पहिरो खस्ने सम्भावना देखिन्छ।
मुग्लिन नारायणघाट सडक खण्डमा पहिरो खस्नु कुनै नौलो कुरा त हैन तै पनि यो कुरामा प्रदेश सरकार संगै स्थानीय तहले दिर्घकालिन समाधान खोजि पहिरो न्युनिकरणका लागि ठोस कदम चाल्नु आवश्यक देखिन्छ।