विराटनगर। पाथीभरा क्षेत्रका रुख काटेको विरोधमा मेची राजमार्ग बन्द गरिएको छ। ताप्लेजुङको पाथिभारा मन्दिर जाने मार्गमा केवलकार निर्माण गर्ने कार्य विरुद्ध आन्दोलनरत पक्षले बुधबार यातायात बन्द गरेको हो।
मेची राजमार्ग र तमोर करिडोर सडक बन्दको आह्वान गरिएको संर्घष समितिले जनाएको छ। केवलकार निर्माण गर्दा साँस्कृतिक महत्त्व घट्ने भन्दै किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतले विरोध गर्दै आएका छन्।
कुनै हालतमा केवलकार बन्न नदिन संघर्ष समिति गठन गरेर उनीहरुले आन्दोलन गरिरहेका छन्। केवलकार कम्पनीले ताप्लेजुङको पाथीभारा जाने बाटोमा केवलकार बनाउन लागेको हो।