पर्सा। वीरगञ्ज महानगरपालिकाले विभिन्न उद्योगहरुको गेटमा फोहोर थुपारेको छ। सिर्सिया नदी दूषित गरेको भन्दै महानगरले आइतबार तीन वटा उद्योगको गेटमा फोहोर थुपारेको हो।
प्रतिकात्मक कारबाहीस्वरुप श्रीसिद्धि टेक्सटाइल्स, मोरियम लेदर इण्डस्ट्रिज प्रालि र अर्निका प्रोसेसिङ उद्योगको गेटमा फोहोर थुपारिदिएको महानगर प्रहरीले जनाएको छ।
उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेपनि ती उद्योगले नमानेपछि नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर ती उद्योगको गेटमा थुपारेको हो।