काठमाडौं। नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु चयन भएका छन्। शुक्रबार संघको २०औँ वार्षिक साधारणसभाले मारुलाई आगामी ३ वर्षको लागि अध्यक्षमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष मारुले नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दिर्घकालीन तथा अल्पकालीन समस्याहरुको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने बताए।
सम्पूर्ण सिमेन्ट उद्योगीहरुलाई साथमा लिइ यस क्षेत्रमा देखा परेका चुनढुंगा उत्खनन्, वन, विद्युत, बैंकिङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरुसँग समन्वय गर्दै अघि बढ्नेसमेत उनले प्रतिबद्धता जनाए।