काठमाडौं। पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको मौवा खोला मुग्लिन सडक सञ्चालनमा आएको छ। चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित फिस्लीङ्ग नजिकै पहिरो खसेपछि अवरुद्ध बनेको मौवा खोला मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको हो।
सडक विभागको समन्वयमा पहिरो हटाएपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।