रौतहट। रौतहट स्थित अनुगमन टोलीले शुक्रबार बागमती नदीको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणको क्रममा गढीमाई नगरपालिकाको बालुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेको एकथान एस्काभेटर पनि नियन्त्रणमा लिएको छ। एस्काभेटर सशस्त्र बेस क्याम्प समनपुरको नियन्त्रणमा रहेको छ।
बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको गुनासो बढे पछि रौतहटका सिडियो विनोद कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या प्रसाद यादव, नेपाल प्रहरीका एसपि नेत्र मणि गिरी, सशस्त्र प्रहरीका एसपि सन्तोष कुमार बस्नेत, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह सम्मिलित टोलीले वृन्दावन नगरपालिकाको बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाका समनपुर लगायतका विभिन्न घाटहरुमा नदीजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरिएको हो ।
क्रसर उद्योगमा राखिएको नदी जन्य पदार्थको स्रोत, त्यसको स्टक सहितका भ्याट हेर्न उनले निर्देशन दिएका थिए। जिल्लाको पूर्वी भेग बागमती नदी र पश्चिममा लालबकैया नदीबाट नियमति ठेक्का नलागे पनी नदीजन्य पदार्थको अनियमित दोहन गरी उद्योगमा थुपार्ने र बढी मूल्यमा बिक्री गर्ने परिपाटी बढेको छ।