स्याङ्जाको फेदीखोला गाउँपालिका–१, बेसारेमा आज बिहान ३ बजेदेखि पहिरो खसेर उक्त स्थानमा सडक अबरुद्ध भएको छ ।
अविरल वर्षा भएपछि सडकमाथिबाट पहिरो खसेको कारणले गर्दा सिद्धार्थ राजमार्ग पुर्ण रुपमा रोकिएको छ जनधनको क्षति भने भएको छैन ।
छिट्टै पहिरो हटाउने र आवतजावतमा सहजता बनाउने तयारी भइरहेको फेदिखोलाको प्रहरि चौँकिले जनाएको छ ।