काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतबाट महंगो मूल्यमा विजुली किन्ने निर्णय गरेको छ। औद्योगिक क्षेत्रको लोडसेडिङले चर्को आलोचना खेपेपछि प्राधिकरणको सोमबार बसेको बोर्ड बैठकले डेढ सय मेगावाट बिजुली महंगोमै किनेर ल्याउन स्वीकृति दिएको हो।
उर्जामन्त्री पम्फा भुसालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर औद्योगिक क्षेत्रको लोडसेडिङ हटाउन महँगोमा भएपनि बिजुली किन्नुपर्ने जानकारी गराएकी थिईन्। त्यसपछि सोमबार विहान प्राधिकरणको बोर्ड बैठक बसेको हो।
एक महिना भन्दा बढी प्राधिकरणले आफ्नो ब्यालेन्ससीट बिग्रिने भन्दै भारतबाट बिजुली नकिन्दा उद्योगहरुमा १८ घण्टा सम्म लोडसेडिङ छ। बिजुली आपूर्ति नियमित गराइदिन उद्योगीहरुले प्राधिकरणलाई आग्रह गर्दै आएका छन्।
चुनावको मुखमा विरोध हुने भन्दै प्राधिकरण नेतृत्वले ग्राहर्स्थलाई नचलाएर ओद्योगिक लोड कटौती गरेको छ। १२ रुपैयाँ भारु भन्दा बढीमा किन्ने निर्णय भएको बोर्डले जनाएको छ।
भारतमै अहिले ऊर्जा संकट छ। १२ वटा भन्दा बढी राज्यमा लोडसेडिङ गरिएको छ। जसका कारण भारतले द्धिपक्षीय सम्झौता अनुसारको विद्युत दिएको छैन। प्राधिकरणका लागि अन्तिम विकल्पका रुपमा रहेको प्रतिस्पर्धी बजारबाट सप्लायरहरु नहुँदा खरिद गर्न समेत पाएको छैन।