सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सडक सञ्चालन गरिन लागिएको छ।
मेलम्ची नगरपालिकाले चाडपर्व नजिकिएपछि आवतजावत गर्न सहजताका लागि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्न काम थालिएको जानकारी दिएका छ। अहिले ह्युमपाइप राखिने काम धमाधम सुरुगरिएको छ। त्यसैसरि इन्द्रावती नदीमा पनि ह्युम पाइप राखेर सडक सञ्चालन गर्ने बताइएको छ।
ह्युमपाइप राखेर सडक सञ्चालन भएपछि दुवा चौर, केउरनी, बरुवा, शेर्माथान आउजाउमा सहज हुने र मेलम्ची तिपेनी भोताङका साथै सदरमुकाम पुग्ने चौतारा नवलपुर सडकमा सहजै आउजाउ गर्न सकिने नगरपालिकाले जनाएको छ।