काठमाण्डौं। फोहोर व्यवस्थापनको लागी उपत्यकामा थुप्रिएर बसेको फोहोर दैनिक रुपमा १०० भन्दा बढी ट्रकले सिसडोल ल्यान्डफिल साईडमा लान थालीएको छ ।
वर्षाको कारणले गर्दा सिसडोल ल्यान्डफिल जाने बाटो अवरुद्ध भएको थियो बाटो अवरुद्ध भएसंगै काठमाण्डौंमा अत्याधिक फोहोर थुप्रिएर बसेको थियो अहिले फोहोर उठ्न थालेता पनि व्यवस्थापन गर्न निकै समय लाग्ने काठमाण्डौं महानगरपालीकाले जानकारी दिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले समेत एक महिनादेखी उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थानमा चासो राख्नु भएको थियो। फोहोर व्यवस्थापनमा लागेको करिब १५ दिन भईसक्दा पनि अझै सडकको गल्ली गल्लीमा फोहोर थुप्रीएको छ। बाटो अवरुद्ध लामो समय सम्म भएको र फोहोर धेरै नै थुप्रिएको कारणले गर्दा फोहोर व्यवस्थापनमा अझैँ धेरै समय लाग्ने महानगरपालीकाका वातावरण तथा कृषी विभाग प्रमुखले जानकारी दिनुभयो।
उहाँका अनुसार सामान्य रुपमा लगभग दैनीक १०० ट्रकले फोहोर सिसडोल पुर्याउदै आएका छन् भने दैनीक रुपमा १८० भन्दा बढी ट्रकले फोहोर उठाउने काम गरिरहेका छन्।
बन्चरे ल्यान्डफिल साइड समयमा नबन्दा र वर्षात्को समय भएकोले पानीले सिसडोल जाने बाटो अवरुद्ध भएपछि उपत्यकामा फोहोर व्यवस्थापनमा निकै समस्या आएको र अब छिट्टै थुप्रिएर बसेको फोहोर व्यवस्थापन हुने महानगरपालीकाका वातावरण तथा कृषी विभाग प्रमुखले जानकारी दिनुभयो।