काठमाडौं। जनकपुरधामको सबै भन्दा ठुलो र प्रमुख मानिने रामजानकी विवाहपञ्चमी महोत्सव नजिकिदैँ गर्दा जनकपुर नगर क्षेत्र फोहोरमय भएको छ। राष्ट्रिय तथा अन्त्रराष्ट्रिय लाखौं पर्यटनको आगमन हुने उक्त महोत्सवको तयारी जानकी मन्दिरमा महिँना दिन अगाडी देखिनै सुरु भइसकेको भएतापनि जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहिका कारण नगर क्षेत्रका ठाउँठाउँमा जथाभावी फोहोर थुपारीदा नगरनै कुरुप भएको छ।
कोरोना महामारिका कारणले गर्दा दुई वर्ष देखि महोत्सव खल्लो भएको थियो। यो वर्ष भने धुमधामका साथ भव्य आयोजन गरिने तयारीमा जानकी मन्दिर अगाडी बढेको छ। मंसिरको १७ गते देखि महोत्सव सुरु हुने भएतापनि सरसफाइमा भने कुनै ध्यान पुर्याइएको छैन।
नगरको मुख्य आकर्षण जानकी मन्दिर, राम मन्दिर, जनक चोक, भानु चोक र जनकपुर प्रवेशद्धारहरु रामानन्द चोक, बस स्ट्याण्डलगाएतका क्षेत्रहरुमा फोहोरको डंगुर थुपारीएका छन्। जनकपुरधाम उपमहानगरपालिका ४ का वडाअध्यक्ष सुदर्शन सिँह भन्छन्, हामी जनप्रतिनिधि पटक पटक फोहोर व्यवस्थापनका लागी आग्रह गरे पनि मेयरबाट बेवास्ता भएको छ।