भैरहवा। नेपालको पहिलो पिभिसी पाइप्स् र फिटिङ्स उत्पादक मंगलम् पाइप्सले भैरहवाको गोलगढमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलम् पाइप्स र गोलगढ टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।
लगभग ७५ जनाको सहभागितामा “सफा, सुन्दर र हराभरा सहर, हामी सबैको रहर” नाराका साथ कार्यकम गरिएको हो। उक्त कार्यक्रममा गोलगढ क्षेत्रमा सरसफाइ गरिएको थियो । मंगलम पाइप्सले निकै लामो समयदेखि विभिन्न ठाउँहरुमा हात धुनको लागि धारा एवम् फोहोर फाल्ने ठाउँहरु व्यवस्थापन गर्नको लागि डस्ट्बिनको स्थापना गर्दै आइरहेको छ ।
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–३, ढक्दैमा स्थापनाको अन्तिम चरणमा पुगेको मंगलम् इन्डस्ट्रिजको नयाँँ वातावरणमैत्री कारखाना पूर्णतया बिजुलीबाट संचालन हुनुका साथै उत्पादनको प्रक्रियामा निस्किने अन्य पदार्थहरु उद्योग भित्रै पुनः प्रयोग हुने हुनाले ध्वनी र अन्य वातावरणीय प्रदुषणमुक्त छ ।