काठमाडौं। एसियालि विकास बैंकको ऋण अनुदानमा सुदुरपश्चिमका ४ स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ। क्षेत्रिय शहरी विकास आयोजना अन्तर्गत नेपाल सरकारले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुलाफाँट र भीमदत्त नगरपालिकामा सो आयोजनाको काम भइरहेको छ। कैलालीको ४ वटै स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने स्थान छनौट भई डिपिआर तयार भैसकेको संघीय आयोजना कार्यन्वयन इकाईले जनाएको छ।
वातावरणीय प्रभाव मुल्याङ्कन रिभ्युको काम गरी स्वीकृतिको लागि विभागमा पठाइसकेको र वातावरण मन्त्रालयबाट सो प्रतिवेदन स्वीकृत भएर आएपछि निर्माण प्रक्रिया सुरु गरिने इकाईको आयोजना प्रमुखले जानकारी दिएका छन्। त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. ७ मा निर्माण हुने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको डीपीआर र इआईए स्वीकृत भएर टेण्डर आह्वान भइसकेको आयोजना प्रमुखले जनाएका छन्। सो केन्द्र निर्माणको १ अर्ब रुपैँया खर्च लागतमा स्टिमेट तयार भएको हो।
यसैगरी गोदावरी नगरपालिका वडा नं. ३ चौकी डाँडा सामुदायिक वनभित्र निर्माण हुन लागेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको डीपीआर र इआईए तयार भइसकेको छ। सो आयोजना ६ हेक्टर जमिनमा ६० करोड रुपैँया लगानीमा निर्माण गरिने भएको छ। श्ुक्लाफाट नगरपालिकाको कृष्णपुर सामुदायिक वनमा ५३ करोड लगानीमा सो केन्द्र निर्माण गरिने योजना रहेको छ। यसका लागि डीपीआर स्वकिृति भइसकेको र इआईए रिभ्यु गरी स्वीकृतिको लागि विभागमा पठाएको र स्वीकृत हुनेसाथ निर्माण कार्य सुरु गर्ने योजना रहेको छ।
भीमदत्त नगर पालिकामा निर्माण हुने एकीकृत फोहोर व्यवस्थापन केन्द्र निर्माणको लागि हालसम्म स्थान छनोट भएको छैन्। ठाउँ ने फिक्स भइनसकेको कारण डीपीआर तयार नहुँदा त्यहाँ बन्ने केन्द्रको स्टिमेट तयार हुन सकेको छैन्। २०१५ देखि ११ अर्ब रुपैँया बजेटमा शहरी सडक र एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने गरी क्षेत्रीय शहरी विकास आयोजना लागु गरिएको भएता पनि स्थानीयहरुले स्थान छनोट गर्न नसक्दा सो अनतर्गतका योजनाहरु कार्यन्वयनमा ढिलाई भएको हो। सो केन्द्रहरु निर्माण भएपछि स्थानीय तहहरुले कुहिने फोहोरलाई प्र शोधन गरी कम्पोष्ट मल बनाउने र नकुहिने पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई पुनः प्रयोगका लागि पठाउने पुन प्रयोग नहुनेलाई नष्ट गर्नेछन्।