जनकपुर। सीताराम विवाह पञ्चमी महोत्सव भित्रिसक्दा समेत जनकपुरधाम उपमहानगर क्षेत्रमा सरसफाई नभएपछि जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको पुत्ला दहन गरेका छन्।
सीताराम विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा भगवानको डोला लिएर परिक्रमा गर्ने मार्ग नै सफा नगरेर फोहोर भएपछि श्रद्धालु भक्तजनलाई समस्या भए पनि महानगरले सरसफाईमा वास्तै नगरेपछि विरोधस्वरुप नगर प्रमुखको पुत्ला दहन गरिएको हो।
एक महिना अगाडी नै नगर प्रमुख साहलाई सरसफाईका लागि जानकारी गराउँदा समेत फोहोर नहटाएकाले बाध्य भएर पुत्ला दहन गरिएको हो।
जानकी मन्दिरको पहलमा जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साहले विवाह पञ्चमीको अवसरमा सरसफाई अभियान चलाए पनि विभिन्न सडकमा फोहोर थुपारिएकै छ।