हेटौंडा। महालक्ष्मी विकास बैंकको कमाने शाखाले हेटौंडा उपमहानगरपालिका–११ गणेश टोल विकास संस्थालाई डस्टबिन प्रदान गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले गणेश टोल विकास संस्थालाई २० थान ठूलो डस्टबिन सहयोग स्वरुप प्रदान गरेको हो।
कमाने शाखाका प्रबन्धक रोशन सेन गुप्ता र हेटौंडा ११ का कार्यबाहक अध्यक्ष रामचन्द्र न्यौपानेले उक्त डस्टबिनहरु गणेश टोल विकाश संस्थाका अध्यक्ष तारा कप्रौलालाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन्।
बैंकले डस्टबिन प्रदान गरेपछि यस क्षेत्रको फोहोर व्यवस्थापनमा सहयोग मिल्ने स्थानीयको भनाइ छ। डस्टबिन नहुँदा हिँडुडुल गर्ने मानिसले जथाभावि फोहोर फाल्ने गरेकोमा अब भने फोहोर डस्टबिनमा मात्र फालिने विश्वास लिइएको छ। यसले गाउँलाई सफा र सुन्दर बनाउन समेत मद्यत पुग्ने छ।