काठमाडौं। नियमित सरसफाइको अभावमा कमलपोखरी दिनप्रतिदिन कुरुप हुँदै गएको देख्न सकिन्छ। चिसो बढेसँगै घाम ताप्न जानेहरुको भीडले फोहोर हुने कमलपोखरी सरसफाइको अभावमा कुरुप बन्न थालेको हो।
पोखरी र त्यस वरपर पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल लगायतका यत्रतत्र छरिएका फोहोरले पोखरी परिसरलाई नै दुर्गन्धित बनाएको छ। त्यति मात्र नभएर पाखेरी भित्रका माछा समेत मरेर तैरिन थालेका छन्।
मरेका माछा र फोहोरले पोखरीलाई दुर्गन्धित मात्र बनाएको छैन पोखरीको सौन्दर्य नै घटाएको छ। पोखरीको यो अवस्था भइसक्दा पनि काठमाडौं महानगरपालिकाको नजर भने यसतर्फ पुगेको छैन।