काठमाडौं । दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौंको बालाजुमा सञ्चालनमा ल्याएको छ । बालाजुमा दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो ।
६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको यसका प्रबन्ध निर्देशक मिलन पाण्डेले जानकारी दिए ।
दश रोपनि भाडाका जग्गामा एक हजार ३०० अट्ने दुईवटा बैंकेट हल छन् । १५० क्षमताको रेष्टुरराँ छ । पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चौंथो शाखा खोलिएको जानकारी दिए ।
शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ गरेका थिए । माछा पोखरी बाइपासबाट करिब ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो ।