काठमाण्डौं। देशभित्रै विधुत खपत बढाउने उद्देश्यले विधुत प्राधिकरणले ठुला उधोगहरुलाई मागे जति विधुत उत्पादन गराउन थालेको छ। उधोगले मागेजति विधुत उपलब्ध गराउनको लागि निर्माणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना चाडै निर्माण गर्न थालिएको छ। जसले विधुत खपत बढाउनलाई टेवा पुर्याउनेछ।
उधोगीहरुले मागेजति विधुत उपलब्ध गराउन नसक्दा प्रसारण तथा वितरण लाइनको अभावमा उत्पादन भएको विधुतलाई खपत गर्न नसक्दा वित्तिय नोक्सानी वेहोर्नुपर्ने अवस्थालाई मध्येनजर गरी विधुत प्राधिकरणले खपत बढाउने योजनालाई अघि बढाएको हो। प्राधिकरणले दीर्घकालिन योजना अन्र्तगत विधुत खपत बढ्न सक्ने ठाउँ पहिचान गरेर प्रसारण तथा वितरण लाइन र सवस्टेसन निर्माण सुरु गर्ने भएको छ।
विधुत प्राधिकरणले पश्चिमी क्षेत्रमा रहेको केही जिल्लाहरुको स्थलगत अवलोकन गरी त्यस क्षेत्रमा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उधोगहरुलाई पर्याप्त विधुत आपुर्ति गर्नको लागि त्यस क्षेत्रमा प्राधिकरणलको प्रसारण लाइन र सवस्टेसन निर्माणाधिन अवस्थामा रहेको छ। पुर्वाधारको अभावमा उधोगलाई मागेजति विधुत दिन नसकेर देशभित्र नै उत्पादन भएको खपत गर्न नसकी दैनिक लाखौं रकम खेर गइरहेको छ।
निर्मानाधिन अवस्थामा रहेको आयोजनाहरु सम्पनन भए पश्चात उधोगलाई मागेजति विधुत उपलब्ध गराउन सकिने र उपभोक्ताले गुणस्तरीय विधुत पाउने साथै चुहावट घटी प्रसारण क्षमता पनि सुदृढ हुनेछ। विधुत आपुर्तिलाई विश्वसनीय वनाउनको लागि हेटौँडा-परवानीपुर ६६ केभी डबल प्रसारण लाइनमा नयाँ टावर थप गरी पुरानो कन्डक्टर निकाली लाइनको क्षमता बढाउने काम भइरहेको छ।
नवलपरासीको परासी क्षेत्रमा सञ्चालन भइरहेको उधोगलाई विधुत आपुर्ति गर्नको लागि सुनवलमा १३२/३३ केभी सवस्टेसन आउदो चैत्रसम्म निर्माण गरीसक्ने लक्ष्य राखिएको छ। सवस्टेसन निर्माण भइसकेपछि त्याहाँबाट उत्पादित ९० मेगावाट विधुत उधोगलाई दिन सकिन्छ। त्यस क्षेत्रमा सञ्चालन भइरहेका उधोगले क्षमता थप्न लागेको र नयाँ उधोग पनि खोल्न लागेकोले विधुतको माग उच्च रहने छ।