काठमाण्डौं। अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको नीती सकारात्मक भएको नेपाल उधोग परिसंघले प्रतिक्रिया दिएको छ।
राजस्व नितिहरु अर्थसम्बन्धी विधेयेकमार्फत नेपालमा औधोगिकरण प्रबर्दन गर्ने उद्धेश्यले तर्जुमा गरेको उल्लेख छ। निजी क्षेत्रलाई आर्थीक वृद्धिको संवाहकको रुपमा अगाडी बढाउने घोषणाले निजी क्षेत्रको प्रबर्धन र प्रोत्साहनमा सहयोग गर्ने परिसंघको विश्वास छ।
कर छुट, स्वदेशी उत्पादनको संरक्षण, निर्यातयाग्य वस्तुहरुको पहिचान र प्रतिस्पर्धात्मक क्षमता वृद्धी गरी व्यापार घाटा न्युनीकरण गर्ने जलाशययुक्त र अर्धजलाशययुक्त विधुत् आयोजनामा सरकारको निर्णयलाई परिसंघले स्वागत गरेको छ।