गत साउनको २३ गते भएको आगलागीका कारण बन्द रहेको काठ्माण्डौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखाना बुधबारबाट पुनः सञ्चालनमा आएको छ। कम्पनीका अनुसार बुधबार पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको हो।
कम्पनिका प्रमुख कार्यकारी निर्देशकका अनुसार पहिलो चरणमा १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको छ। कारखाना पुर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनिले जनाएको छ।
आगलागीका कारणले मेसीनहरु पुर्ण रुपमा ध्वस्त भएकोले पहिलेको क्षमताको तुलनामा अहिले कम उत्पादन हुने कम्पनिका प्रमुख कार्यकारी निर्देशकले बताउनु भयो। उहाँले भन्नुभयो विगतमा दैनिक २० देखि २२ टन बिस्कुट उत्पादन हुने गर्दथ्यो, तर ठुलो आगलागी पश्चात लगभग २२ करोड रुपैँयाको क्षती भएपछि पुनः सञ्चालनमा ल्याइएको भएर पहिलो चरणमा १६ टन मात्र उत्पादन गर्ने भएका हौँ।
क्षती भएको करिब २२ करोड मध्यमा लगभग १२ करोड रुपैँया बराबरको कच्चा पदार्थमा र बाँकी घर र मेसिनमा क्षती भएको उहाँले बताउनु भयो। कम्पनिका अनुसार घर र मेसिनको क्षती पुर्णविवरण भने अझै आएको छैन।