काठमाडौं। भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका पाँच जना कर्मचारीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको समय पाएको छ। कोषका पाँच कर्मचारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी चोरी कार्यमा संलग्न भएको देखिएको थियो।
महानगरीय प्रहरी वृत्त गौशालाले पशुपतिनाथ मन्दिरबाट भेटी चोरी गर्ने कार्यमा संलग्न देखिएका पाँच जनामाथि अनुसन्धान शुरु गरेको बताएको छ।