काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा विद्युत जडान गरेको छ। नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित मंगलबार रातिदेखि विद्युत जडान गरेको हो।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्राधिकरण व्यवस्थापनलाई लाइन जोड्न भनेपछि उद्योगमा विद्युत् आपूर्ति सूचारु गरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले विद्युत् महसुलको बक्यौता नतिरेको भन्दै गत असार २५ देखि २७ गतेमा रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, जगदम्बा स्टिल्स, हुलास स्टिल्स, जगदम्बा सिन्थेटिक्स र अर्घाखाँची सिमेन्टको विद्युत लाइन काटेको थियो।