एजेन्सी। भारतमा फेरि ८५ वटा विमानमा बम आक्रमणको धम्की आएको छ। बिहीबार एयर इन्डियाका २०, इन्डिगोका २०, विस्ताराका २० र आकासाका २५ उडानमा बमका धम्की आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
पछिल्लो ११ दिनमा भारतका २५५ भन्दा बढी विमानमा बमको धम्की आएको छ। जसका कारण उड्डयन क्षेत्रलाई ६ सय करोडभन्दा बढीको नोक्सान भएको छ।