भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएका छन्। बाँधमा रहेको सिल्ट सफाइ गर्न असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म ढोका खोल्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बाँधका ढोका खोलिएपछि महाकाली नदीमा पानीको सतह बढ्न सक्छ। त्यसैले नदी तटीय क्षेत्रका बासिन्दा तथा नदीमा आवतजावत गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
प्रशासनले बाँध खोलिएको अवधिमा नदीमा नजान, नदी किनारमा नजान र सम्भावित जोखिमबाट सुरक्षित रहन अनुरोध गरेको छ।
यस्तै, बाँधका ढोका बन्द गरिएपछि पनि केही समय महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।