पाल्पा । असोज ११ गतेको बाढीले क्षति पुर्याएको पाल्पाको ऐतिहासिक रानीमहल परिसर दुई महिनासम्म पनि व्यवस्थित हुन सकेको छैन । बाढीले पुरेको पार्क, सडक र पार्किङस्थलको सरसफाइ तथा क्षतिग्रस्त संरचनाको व्यवस्थापन नहुँदा परिसर अस्तव्यस्त बनेको छ ।
बाढीपछि रानीमहल घुम्न आउने पर्यटकको संख्या घटेको छ । गत वर्ष दसैं–तिहारमा दैनिक ३ हजारभन्दा बढी पर्यटक आउने गरेकामा यस वर्ष बढीमा १ हजार ६ सय मात्र आउने गरेको स्थानीय व्यवसायीले बताएका छन् । बाढीले एक दर्जनभन्दा बढी होटल तथा व्यवसायमा समेत क्षति पुर्याएको छ ।
स्थानीय व्यवसायीले सम्बन्धित निकायले पुनःस्थापना र संरक्षणमा चासो नदिएको गुनासो गरेका छन् । तानसेन नगरपालिकाले भने आफ्नो क्षेत्रभित्रका क्षतिग्रस्त संरचना हटाउने र सरसफाइ गर्ने काम अघि बढाउने जनाएको छ ।
बाढीले रानीमहलको जगतर्फ नदी कटानको जोखिमसमेत बढाएको छ । स्थानीयले ऐतिहासिक सम्पदाको संरक्षणसँगै परिसरको तत्काल पुनःस्थापना गर्न माग