काठमाडौं। वायु प्रदूषणका कारण भारतका विद्यालय बन्द गरिएका छन्। भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको हो।
खराब वायुका कारण देहली सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएको बताइएको छ।
सहरका दुई ठुला विश्वविद्यालयहरूले सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने भएका छन्।