रुपन्देही। रुपन्देही जिल्लाको तिलोत्तमामा 'द एस आर होटल एन्ड इभेन्टस्' नामक होटल सञ्चालनमा आएको छ। ६ जनाको सामूहिक लगानीमा तिलोत्तमामा ५७ करोड लगानीमा होटल सञ्चालन गरिएको हो।
भूकम्प प्रतिरोधी ६ तले सुविधासम्पन्न भवनमा ३२ कोठासहितको होटल सञ्चालन गरिएको छ। यहाँ
५०० जना क्षमताको जल्सा बहुउद्देश्यीय हल, ग्राउन्ड फ्लोरमा जम्बालय फाइन डाइनिङ रेस्टुरेन्ट लगायतका सुविधा रहेको सञ्चालकले बताए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर सञ्चालनमा ल्याइएको होटलमा ५ वर्ष भित्र कोठाको संख्या १०० वटा पुर्याउने तथा १० वर्षभित्र ७ वटै प्रदेशका राजधानीमा शाखा विस्तार गर्ने लक्ष्य रहेको सञ्चालकले बताए।
होटलमा छिटै स्विमिङपुल, जिम, स्पा सेवा शुरु गरिने बताइएको छ। हाल यहाँ ४५ जनाले रोजगारी पाएका छन्।