सीजी समुहको सीजी नेटले काठमाण्डौंको विभिन्न ठाउँ गरी ६ ठाउँमा इन्टरनेट उपलब्ध गराउने भएको छ । सस्तो मुल्यमा १२० एमबीपीएसमा इन्टरनेट सेवा उपलब्ध गराउने घोषण गरेको छ।
समुहको जानकारी अनुसार अगस्टबाट काठमाण्डौंका विभिन्न ठाउँहरु — सतुंगल , महाराजगन्ज , बालाजु , छाउनी , कोटेश्वर मा इन्टरनेट विस्तार गर्नेछ ।
सो कम्पनिले उक्त क्षेत्रका घरहरुमा सेवा जोडेको २४ घण्टा भित्र सेवा प्रदान गरिने बताइएको छ ।
कम्पनिका अनुसार यस बर्ष भित्रमा देशभरी नै सेवा विस्तार गर्ने योजना रहेको छ । भ्याट बाहेक ९९ मा १२० एमबीपीएस इन्टरनेट उपलब्ध गराइरहेको छ ।
वार्षिक प्याकेज लिने उपभोक्ताको सुविधाको लागी जडान र राउटर नि ः शुल्क प्रदान गरिन्छ । मासिक ३ महिनाको प्याकेज निशुल्क हुनेछ ।