केही दशक अगाडी भारतिय एसएसवीलेका जवानहरुले ठुँलाठुँला फलामे आरा बोकि महाकाली पुलको तुहिन काटिदिने गर्दथे । काटिएको तुइनलाई फेरी बाँधेर यात्रा गर्न त्यहाँको बासिन्दाको बाध्यता थियो । उनिहरु आफ्नो गााउँबाट विभिन्न काम विशेषले सदरमुकाम जानकोलागी महाकाली तरेर भारतिय बाटो प्रयोग गरी जानुपर्थ्यो तर वारवार तुइनकाटिने समस्याले त्यहाँका वासिन्दा हैरान थिए । मानिसहरु यात्रा गरिरहेको अवस्थामा पुलको तुईन काटिदैन थियो र एकदिन जयसिंह धामि नामका व्यक्ति पुल तरिराख्दा एसएसवी जवानले पुलको तुइन काटिदिए पछि ति व्यक्तिको महाकाली नदीमा खसेर मृत्यु भएको थियो । एसएसवीले नदेखेर हुन सक्छ या अटेरीपनले यस्तो कदम उठाए तर ज ेभएता पनि मान्छेको ज्यान जाने गरि तुइन काट्नु अपराधिक कुरा थियो ।

७ नं. प्रदेशका विभिन्न ग्रामीण क्षेत्रका मानिसहरु सदरमुकाम आकलनको लागी पक्की अथवा झोलूङगे पुलको अभावमा भारतिय सीमा प्रवेश गरी उनिहरुको ज्यादतिको साथ आउन बाँध्य हुन्छन् । पाँचौ पटकसम्म प्रधानमन्त्रि भएका हालका प्रधानमन्त्रि सुदुरपश्चिम प्रदेशकै भएता पनि त्यस क्षेत्रको विकास भने धेरै पछाडी छ त्यस्तै त्यहाँको वासिन्दाहरुले पक्की पुलको माग गरेको दशकौँ विति सक्दा पनि सरकारले आश्वासनमात्र देखाएर त्यस क्षेत्रलाई व्यवास्ता गरेको छ ।
ईष्ट ईन्डिया कम्पनिले महाकालीमा झुला अथवा झोलुङगे पुल निर्माण गरिदिए तत्पश्चात यसलाई झुलाघाट भनिन थालिएको हो । तर यस तर्फभने नेपाल सरकारले पक्की पुल बनाउने योजना कहिले पनि वनाएनन् । महाकाली वारी र पारी झुलाघाटको मात्र सम्वन्ध नभएर रोटी र वेटी साथै समान सँस्कृतिको पनि सम्वन्ध रहेको छ । तर यती समस्या हुँदाहुँदै पनि दुई देशको अन्तराष्ट्रिय सिमा भएकै कारणले झुलाघाट मात्र नभएर मालघाट साथै अन्य मार्गहरुबाट महाकाली तर्नुलाई भारतीय एसएसवीले अनाधिकृत मानि विभिन्न यातना तथा दण्ड दिनु सामान्य भईसकेको छ । महाकालीको ईतिहास रोचक भएतापनि यस ठाउँमा पुगेपछि अतिनै साँघुरो हुने र मानिसहरु जुवाँ वाधिएको गोरु लिएर पनि महाकाली तर्ने भएको कारणले यस ठाउँलाई जुवाघाट पनि भन्ने गरिन्थ्यो । झोलुङगे पुल निर्माण पश्चात भारतको पिथौँरागदमा झुलाघाट बजार पनि निर्माण भएको थियो ।
बहादुर शाहको पश्चिम नेपालको विजय पश्चात वि.सं. ११८४६ मा वीर गोर्खालीले बनाएको गार्खा किलापिथौँरागढमा अझै व्यवथित रहेको साथै यस क्षेत्रमा गोर्खालीहरु लामो समयसम्म बसेको कारणले नेपालीहरुको एउटा बस्ती नै छ । वि.सं.१८७२ मंसिर १९ गते भएको सुगौली सन्धीमा नेपालको हार पश्चात यस क्षेत्र ईष्ट ईन्डिया कम्पनिको हात पर्यो जती बेला यसको नाम लण्डन फोर्ट थियो पछि भारत स्वतन्त्र भए पश्चात यसलाई पिथौरागढकिला भन्न थालीयो । त्यसपछि इष्ट ईन्डियाले महाकालीमा झोलुङ्गे पुल निर्माण गरेको थियो ।
हाल पन्चेश्वर वहुउद्धेशिय आयोजनाले ३१५ मिटर अग्लो वाँध वनाउने निर्णय गर्दै छु तर यसले झुलाघाट क्षेत्रनै डुवाउन सक्ने सम्भावनाको कारणले गर्दा यसको विरोध भइरहेको हुनाले यसलाई बस्ती नै डुब्ने गरी आयोजना निर्माण गर्ने छैन ।