डुम्रे। तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा संघीय सरकारबाट चालू वर्षमा २ करोड रुपैयाँ बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेकाले खानेपानीको समस्या समाधान हुने भएको हो ।
समपूरक योजनाअन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानुङकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालिएको बताइएको छ। अबको एक हप्तामा खानेपानीको मुहान निश्चित हुने भएको छ।
पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या टर्नेछ । यस ठाउँसँग जोडिएको पौराणिक किंवदन्ती रहेको छ । मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ ।