काठमाडौंको बाँसबारीमा वर्षाका कारण जमिन कमजोर हुँदा ‘न्यू गण्डकी गेस्टहाउस’ सञ्चालनमा रहेको साढे दुई तले घर भासिएको छ ।
बिहीबार राति करिब ८ बजे वर्षातका कारण भिरालो जमिन खस्किँदा घर भासिएर तल खसेको काठमाडौं महानगरले जनाएको छ। घटना भएको समयमा घरभित्र कोही पनि नरहेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। घटनापछि जोखिमयुक्त क्षेत्र वरपर सतर्कता अपनाइएको छ।