काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि मंसिर १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विभिन्न मिति र फिडरअनुसार सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। वितरण प्रणालीलाई भूमिगत तथा व्यवस्थित बनाउने कामका लागि विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।