काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार ग्यास बिक्री वितरण सहज बनाउन र उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नाम तथा ब्रान्डमा सञ्चालित उद्योगलाई गाभ्ने नीति लिइएको हो।
यसका लागि निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै एकापसमा गाभिने कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।