काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ।
धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको हो।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार गर्डर राख्ने कार्य सुरक्षित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ।
सडक बन्द रहने समयमा सवारी चालक तथा यात्रुलाई धैर्यतापूर्वक यथास्थानमा रहन, लेन अनुशासन कायम गर्न र ट्राफिक नियम पालना गर्न आयोजनाले अनुरोध गरेको छ। सडक बन्द हुँदा पर्न जाने असुविधाप्रति आयोजनाले क्षमासमेत मागेको छ।