काठमाडौं । रौतहटमा लामो समयदेखि अलपत्र रहेका दुई पुलसहित तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि सरकारले ठेक्का अन्त्य गर्ने निर्णय गरेको हो।
ठेक्का तोडिएका आयोजनामा चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गतको लमाहा खोला पुल, चपुर–सुकदेव चोक–लौकाहा सडकखण्डको लौकाहा खोला पुल र महेन्द्र राजमार्गको धनसार–बागमती सडक स्तरोन्नति आयोजना छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार दुवै पुल निर्माणका लागि २०७३ चैत २१ गते पप्पु–शिवशंकर जेभीसँग सम्झौता भएको थियो। आर्थिक वर्ष २०७५र७६ भित्रै सम्पन्न गर्नुपर्ने पुलको म्याद २०८० असार ३० गतेसम्म थप्दा पनि काम पूरा हुन सकेन।
त्यस्तै, धनसार–बागमती सडक आयोजनाको भौतिक प्रगति शून्य देखिएपछि ठेक्का तोडिएको हो। मन्त्री लम्सालले अलपत्र आयोजनाको बाँकी काम नयाँ प्रक्रियाबाट अघि बढाइने बताएका छन्। सरकारले देशभरका रुग्ण आयोजनाको ठेक्का व्यवस्थापनमा कडाइ गर्ने नीति लिएको उनको भनाइ छ।