काठमाडौं । अछाम सदरमुकाम मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडकको ठेक्का तोडिएको छ।
सडक डिभिजन कार्यालय साँफेबगरले निर्माणमा ढिलाइ भएपछि ठेक्का सम्झौता अन्त्य गरेको हो। २०७९ वैशाख १६ गते सम्झौता भएको १० किलोमिटर सडक २०८३ वैशाख १६ सम्म निर्माण सम्पन्न गर्ने म्याद थपिए पनि भौतिक प्रगति १९.८३ प्रतिशत मात्रै पुगेको थियो।
३९ करोड ९९ लाख २९ हजार रुपैयाँ लागत अनुमान रहेको आयोजनाको ठेक्का तोडिएपछि कार्यालयले निर्माण व्यवसायीलाई ३८ करोड २३ लाख ९६ हजार ४९३ रुपैयाँ दाखिला गर्न पत्राचार गरेको छ।
कार्यालयले लामो समयदेखि अलपत्र परेका सडक तथा पुल निर्माणसम्बन्धी अन्य पाँचवटा ठेक्का पनि तोडेको जनाएको छ।