काठमाडौं । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क (राँके) भञ्ज्याङ सडक स्तरोन्नतिको काम अलपत्र पारेपछि सडक डिभिजन कार्यालय इलामले निर्माण कम्पनीको ठेक्का तोडेको छ।
कार्यालयले कात्तिक ११ गतेको निर्णयअनुसार खड्का कृष्ण–सक्षम जेभीसँगको ठेक्का सम्झौता अन्त्य गरेको हो।
सडक निर्माणका लागि सुरुमा ३० महिनाको समय दिइएकोमा पटक–पटक गरी ३३ महिना म्याद थपिएको थियो। तर, कुल ६३ महिना बितिसक्दा पनि आयोजनाको वित्तीय प्रगति ४५.२८ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ।
ठेक्का तोडिएसँगै कार्यालयले भुक्तानी तथा सम्पन्न कामको हिसाब मिलान गर्न निर्माण कम्पनीलाई १५ दिनको समय दिएको छ। उक्त अवधिमा उपस्थित नभए कालोसूचीमा राख्नेलगायत कानुनी कारबाही अघि बढाइने कार्यालयले जनाएको छ।