सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा सुदूरपश्चिमले दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो।
पोखरा भने आजको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा पोखरा रहँदा सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ।
मंगलबार भएका खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई तथा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए।