काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।
राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर सुखद सुरुवातको लक्ष्यसहित मैदान उत्रनेछ। कुशल मल्लको कप्तानीमा रहेको चितवन पनि जित निकाल्ने योजनामा छ। यसअघिका दुई सिजन खेलाडीका रूपमा खेलेका सोहेल तनविर यसपटक चितवनको प्रशिक्षकका रूपमा छन्।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली जनकपुरलाई हराउँदै प्रतियोगितामा जितसहित सुरुवात गर्न चाहन्छ।
पहिलो सिजनको विजेता जनकपुर पनि यसपटक सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा मैदान उत्रनेछ।