निर्माण सामग्रीको मूल्यवृद्धिका कारण नियमित मूल्य समायोजनबाट पर्याप्त सम्बोधन हुन नसकेका आयोजनाले विशेष मूल्य समायोजन माग गर्न सक्नेछन्। त्यसका लागि सम्बन्धित निर्माण व्यवसायीले मूल्यवृद्धिको प्रमाण, सामग्री खपतको विवरणदेखि आयोजनाको प्रगतिसम्मका आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ।
विशेष मूल्य समायोजनका लागि सम्बन्धित मन्त्रालय वा निकायले सूचना प्रकाशित गरेको मितिले एक महिनाभित्र निवेदन दिनुपर्ने व्यवस्था छ। तोकिएको आधार मितिको तुलनामा सम्बन्धित निर्माण सामग्रीको मूल्य १० प्रतिशतभन्दा बढी बढेको अवस्थामा मात्र यस्तो समायोजनका लागि योग्य हुने व्यवस्था गरिएको छ।
विशेष मूल्य समायोजन माग गर्दा निर्माण व्यवसायीले निम्न कागजात पेस गर्नुपर्नेछ
१.निवेदन पत्र
विशेष मूल्य समायोजन माग गरिएको औपचारिक निवेदन पेस गर्नुपर्नेछ। त्यसमा निर्माण सामग्रीको मूल्यवृद्धि र नियमित मूल्य समायोजनबाट पर्याप्त सम्बोधन हुन नसकेको कारण स्पष्ट खुलाउनुपर्नेछ।
२.मूल्यवृद्धिको प्रमाण
सम्बन्धित निर्माण सामग्रीको मूल्य बढेको पुष्टि गर्ने बिल, दररेट, मूल्यसूची वा अन्य विश्वसनीय प्रमाण पेस गर्नुपर्नेछ।
३. सामग्री खपतको विवरण
आयोजनामा वास्तविक रूपमा खपत भएका डन्डी, सिमेन्ट, बिटुमिन, एचडीपीई पाइप, इन्धनलगायत निर्माण सामग्रीको परिमाण खुल्ने विवरण समावेश गर्नुपर्नेछ।
४. खरिदका बिलबिजक
निर्माण सामग्री खरिद गर्दा प्राप्त भ्याट बिल तथा अन्य उपलब्ध खरिद प्रमाण पेस गर्नुपर्नेछ।
५. ढुवानी तथा आपूर्तिका प्रमाण
सामग्रीको चलानी, ढुवानीसम्बन्धी कागजात र आपूर्ति सम्झौता लागू हुने वा उपलब्ध भएसम्म संलग्न गर्नुपर्नेछ।
६.आयोजनाको प्रगति विवरण
निवेदन पेस गरेको मितिसम्मको आयोजनाको भौतिक तथा वित्तीय प्रगति विवरण बुझाउनुपर्नेछ।
७. थप प्राविधिक प्रमाण
स्वीकृत नर्म्सअनुसारको सामग्री खपत विवरण, नापी किताब तथा गणना पुष्टि गर्ने सम्बन्धित बिललगायत प्राविधिक कागजात पेस गर्नुपर्नेछ।
विशेष मूल्य समायोजनका लागि पूरा गर्नुपर्ने सर्त
१.एक महिनाभित्र निवेदनस् सम्बन्धित मन्त्रालय वा निकायले मूल्य समायोजनसम्बन्धी सूचना प्रकाशित गरेको मितिले एक महिनाभित्र निवेदन दिनुपर्नेछ।
२. ठेक्का सम्झौताको अवस्थास् आपूर्ति अवरोध सुरु हुनुअघि नै बोलपत्र आह्वान भइसकेको, सम्झौता भई काम सुरु भएको र त्यसपछि पनि ठेक्का अवधि वा त्रुटि सच्याउने अवधि कायम रहेको हुनुपर्नेछ।
३. १० प्रतिशतभन्दा बढी मूल्यवृद्धिस् सम्बन्धित निर्माण सामग्रीको मूल्य तोकिएको आधार मितिको तुलनामा १० प्रतिशतभन्दा बढी वृद्धि भएको हुनुपर्नेछ।
४. समायोजनको अधिकतम सीमास् १० प्रतिशत कट्टा गरी सुरु सम्झौता रकमको अधिकतम २५ प्रतिशतसम्म विशेष मूल्य समायोजनको सीमा रहने व्यवस्था छ।
५.दोहोरो भुक्तानी नहुनेस् सम्झौताअनुसार सामान्य मूल्य समायोजनबाट प्राप्त हुने रकम घटाएर बाँकी योग्य रकम मात्र विशेष मूल्य समायोजनमा गणना गरिनेछ।