हिम पर्वत हाइड्रोपावरले आज बुधबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ।
आयोजना प्रभावित स्थानीयले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गते तोकिएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले भने कात्तिक १६ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा पर्याप्त आवेदन नपरे बिक्री अवधि कात्तिक २५ गतेसम्म लम्बिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।