काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका आधारभूत सेयरधनी भीमलाल पौड्यालको नाममा रहेको ८० हजार कित्ता सेयर बिक्रीमा राखिने भएको छ ।
कम्पनीका अनुसार, पौड्यालले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशयसहितको निवेदन असोज ७ गते कम्पनीमा दिएका हुन् ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा ९१० तथा नेपाल धितोपत्र बोर्डको भदौ ९ गतेको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफूले धारण गरेको सेयरको पाँच प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुभन्दा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार पौड्यालले कम्पनीबाट बिक्रीका लागि स्वीकृति पाएका हुन् ।