डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये छ जना पक्राउ परेका छन् । आइतबार थप दुई जना पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या छ पुगेको हो ।
पक्राउ पर्नेमा डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक रहेका छन् । उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ रङगाउँमाथिको जङ्गलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए ।
यसअघि कात्तिक १७ र १८ गते चार जना पक्राउ परेका थिए ।
कात्तिक १४ गते सुरुङ खनेर आठ जना कैदी फरार भएका थिए । फरारमध्ये बाँकी दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।