मकवानपुर । तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङको दायाँतर्फको भाग छिचोलिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३।४४५ किलोमिटर लामो दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् । यसअघि ३.४८६ किलोमिटर लामो बायाँ सुरुङ गत भदौमा छिचोलिएको थियो ।
करिब ७१ किलोमिटर लामो द्रुतमार्गको निर्माण २०८६ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।