काठमाडौं । सरकारले काठमाडौं–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा अब तीन वर्षभन्दा बढी समय खर्चिन नसक्ने स्पष्ट पारेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले मकवानपुरस्थित महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा बोल्दै निर्धारित संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने ठेक्का तत्काल रद्द गर्ने चेतावनी दिएका हुन्।
उनले सरकार गठन भएलगत्तै आयोजनाको स्थलगत निरीक्षण गरी समस्या पहिचान र समाधानका लागि आवश्यक सहजीकरण सुरु गरेको बताए।
मन्त्री लम्सालले आयोजनाको सुरुवाती बिन्दुमा देखिएको समस्या समाधान गरी बाँकी कामको अन्तिम ठेक्का प्रक्रिया अघि बढाउने जानकारीसमेत दिएका छन्। फास्ट ट्र्याक देशको रणनीतिक र बजेटका हिसाबले महत्त्वपूर्ण आयोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।