काठमाडौं। याक एन्ड यति होटल लिमिटेड बन्द गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ। मन्त्रालयले सोमबार होटद बन्द गर्न आवश्यक कारबाहीका लागि प्रशासनलाई पत्र पठाएको हो।
मन्त्रालयले प्रशासन कार्यालयलाई होटलको क्यासिनोको इजाजत पत्र रद्द गर्ने, पाँच तारा वर्गीकरण प्रमाणपत्र रद्द गर्नेलगायत निर्देशनसहितको पत्र पठाएको छ।
होटल तथा क्यासिनो बन्द गर्ने, होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्तीहरू रोक्का राख्ने र बैंक तथा वित्तिय संस्थामा रहेका बैंक, खाता तथा वित्तिय कारोबार रोक्का गर्ने कुरा पत्रमा उल्लेख गरेको बताइएको छ।
राज्यलाई बुझाउनुपर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजजपत्र रद्ध गरिदिएका थिए।