झापाको कमल गाउँपालिका ५ मा नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यका साथ ५०० शय्याको अस्पताल निर्माण सुरु गरिएको अस्पतालका अध्यक्षले जानकारी दिए ।
युवा व्यवसायीहरुले पाडाजुँगी चोकबाट पुर्व रङ्गशालाको दक्षीण मुल राजमार्गमा जोडीएको तिन विघा जग्गामा अस्पताल संचालन गर्न लागेका हुन ।
प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु गरेर राखिएको मापदण्डअनुसार विस्तार गर्दै ५०० शय्यासम्म पुर्याउने उक्त अस्पताल एक वर्ष भित्रमा संचालनमा आउने अस्पतालका अध्यक्षले बताए । कुमारी बैंक को सहयोग लिएर निर्माणकार्य सुरु गरिने सो अस्पतालको निर्माणको ठेक्का सम्झौता भइसकेको छ भने भौतिक संरचना निर्माण र स्वास्थ्य उपकरणमा एक अर्ब भन्दा माथि खर्च हुने अध्यक्षले बताए । झापाको मध्यभागमा सुविधा सम्पन्न अस्पताल नभएको कारण यस ठाउँका बासिन्दाले दुख पाईरहेका थिए सोहि ठाउँमा अस्पतालको धेरै नै आवश्यकता परेका कारणले यो अभियान अगाडी बढाईएको जनाउदै अध्यक्षले भने स्वास्थ्य सेवा नागरिकको एउटा नैसर्गिक अधिकार पनि हो ।
रवि चिसापानी सडकखण्ड संचालनमा आएपछि पहाडी क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई उपचारको लागी बिर्तामोड पुग्नु भन्दा दुरिको हिसाबले झापा नजीक हुने बताउदै अध्यक्षले भने अस्पतालबाट झापामात्र नभएर इलाम , पाँचथर , ताप्लेजुङ , लगाएतका विभिन्न ठाउँका बासिन्दाले लाभ प्रदान गर्ने विश्वास गरिएको छ । विपन्न तथा असहाय वर्ग जसले उपचार गर्न सक्दैनन् उनिहरुलाई पनि सहज वातावरणमा सक्दो सहुलिएत दिएर सेवा दिने उद्धेश्यले भृकुटी अस्पताल संचालनमा ल्याउन लागीएको अध्यक्षले बताए ।
स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मुख्य आधार बनाएर स्थापना गर्न लागीएको यो अस्पताललाई पुर्वकै सबैभन्दा भरपर्दो अस्पताल बनाउने योजना बनाएको उक्त अस्पतालमा डायलायसिस , कार्डियो थेरापी , सर्जरी जस्ता विभिन्न सेवाहरु दिइने छ ।