काठमाडौं । राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाअन्तर्गत कार्यालय, आवास भवन र पक्की पुल निर्माणको शिलान्यास गरिएको छ ।
गोरखाको सिउरेनीटारमा बुधबार सभामुख डीपी अर्यालले आवास भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल पनि सहभागी थिए ।
बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुण रजौरियाका अनुसार आयोजनाको मुख्य भौतिक निर्माण सन् २०२८ जनवरीदेखि सुरु गर्ने लक्ष्य राखिएको छ ।
आवास तथा कार्यालय भवन निर्माणको शिलान्याससँगै आयोजनाको पूर्वतयारीअन्तर्गतका काम अघि बढेका छन् । सभामुख अर्यालले सोही अवसरमा पक्की पुलको समेत शिलान्यास गरेका छन् ।