काठमाडौं । सार्वजनिक खरिद पुनरावलोकन समितिले प्रिमिक्स कार्पेट (Premix Carpet) निर्माणको कार्य अनुभवलाई अस्फाल्ट कंक्रिट (Asphalt Concrete) वा बिटुमिनस कंक्रिट (Bituminous Concrete) निर्माणको अनुभवका रूपमा गणना गर्न नमिल्ने निर्णय गरेको छ ।
समितिले तामोर करिडोर (चतरा–मूलघाट–सुभाङखोला) सडक स्तरोन्नतिको ठेक्कासम्बन्धी विवादमा यस्तो निर्णय गरेको हो ।
समितिले निर्माण कार्यको प्रकृति, जटिलता, विधि तथा प्रविधिसमेतका आधारमा प्रिमिक्स कार्पेटको अनुभवलाई बिटुमिनस कंक्रिट निर्माणको समान प्रकृतिको अनुभव मान्न नमिल्ने ठहर गरेको छ ।
मुद्दा नम्बर ३७३, निर्णय नम्बर ११ (आर्थिक वर्ष २०८३/८४) अन्तर्गत भएको यस निर्णयले सार्वजनिक
खरिदमा प्राविधिक अनुभवको समानता निर्धारण गर्ने विषयमा सार्वजनिक निकायलाई स्पष्ट आधार दिएको छ ।

